जलुकेको लाहापेमा जारी अर्घाखाँची औद्योगिक कृषि तथा व्यापार महोत्सव स्थगित

अर्घाखाँचीडट्कम संवाददाता 
जलुके, अर्घाखाँची  ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको सातमारा लाहापेमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणको त्रासबीच जारी अर्घाखाँची औद्योगिक कृषि तथा व्यापार महोत्सव आजबाट स्थगित गरिएको छ । 
एकता युवा क्लवको आयोजनामा सञ्चालित मेला जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र स्थानीय सरकारको निर्देशन तथा दवावमा महोत्सव स्थगित भएको आयोजकले जानकारी दिएको छ ।
फाल्गुन २३ गते उद्घाटन गरीएको महोत्सव चैत्र ३ गते सम्म संचालन गर्ने कार्यक्रम रहेको थियो ।

अन्य समाचारहरु