ढाकावाङमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ द्धारा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (तस्बिर सहित)

माधव खनाल 
ढाकावाङ, २७ फागुन अर्घाखाँची  । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ को आयोजनामा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ निवासी राष्ट्रिय जनमोर्चाकि सकृय सदस्य तथा बयवृद्ध महिला नेत्री  स्वर्गीय लिलादेवी खनालको नवौं दिनको पुण्य तिथि पारी उहाँकै निवाशमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ ले आज श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ  ।
श्रद्धाञ्जली कार्यक्रम मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थीसुनारले राष्ट्रिय जनमोर्चाले भुमिकास्थानको अभिभावक गुमाएको भन्दै स्वर्गीय खनाल प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार जनप्रतिनि गहिरो समवेदना  समेत प्रकट गर्नुका साथै पन्थीले स्वर्गीय खनालले देखाएको बाटोमा लाग्न कार्यकर्तालाई आग्रह समेत गर्नुभएको थियो ।
 यस्तै श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य केशबराज खनालले स्वर्गीय लिलादेवी खनालले  पार्टिप्रती पुर्याएको योगदान प्रती सम्मान गर्दै स्वर्गीय खनालले छाडेर गएका अधुरा सपनाहरू आम कार्यकर्ताले पूरा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा न १ का अध्यक्ष भोजराज खनाल लगाएतले शोक मन्तव्य राख्नुभएको थियो यस्तै श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल भुमिकास्थान १वडा सदस्यहरु ओमप्रसाद वेल्बासे चमकला नेपाली राष्ट्रिय जनमोर्चा प्युठान झिमरुक गाउँपालिका सदस्य तथा वडा न ४ का अध्यक्ष सिताराम पोख्रेल राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का सचीव नारायण खनाल लगाएतको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली  कार्यक्रम स्वर्गीय लिलादेवी खनालका छोरा धर्मराज खनालको अध्यक्षता माधव खनालको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु