भिम कौशल
सन्धिखर्क, अर्घाखाँची । नेपाल स्वयंसेवक संघ जिल्ला कार्य समिती अर्घाखाँचीको तेस्रो जिल्ला भेला सन्धिखर्कको कृष्टिना होटलमा सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल स्वयंसेवक संघ जिल्ला समिती अर्घाखाँचीका अध्यक्ष आकाश भुसालको अध्यक्षता, सस्थाका प्रदेश ५ कि अध्यक्ष गंगा आचार्यको प्रमुख आतिथ्यता संस्थाका सस्थापक सदस्य राम प्रसाद शर्माको बिशिस्ट आतिथ्यता, लगायत संस्थाका जिल्ला सदस्यहरु , पत्रकार, स्थनियको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं प्रदेश ५ कि अध्यक्ष गंगा आचार्यले सस्थाको बारेमा प्रकास पार्दै नेपालमा घटी रहेका हत्याहिंसा अनियमितता लगायतका अन्य बिकृतिहरुको विरुद्धमा बलियो भएर आवाज उठाउने यस्को मुख्य उदेश्य भएको जानकारी समेत गराउनु भएको थियो । नेपालमा राजनितिले जरा गढिरहेका बेला राजनिती बाट माथी उठेर कार्य गर्न गाह्रो भएता पनि सस्थाको बिकास र यस्को उदेश्य प्राप्तिको लागि हामी सबै एक जुट हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्वयंसेवक संघको उदेश्य प्राप्तिको लागि आफू र आफ्नो स्थान बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रम नेपाल स्वयंसेवक संघ अर्घाखाँचीका सहसचिव नवीन बन्जाडेको स्वागत मन्तव्य र नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठन प्रदेश सचीव एवम् पत्रकार भिम बिसिको संचालन्मा समापन भएको थियो ।