फुदवाङ, बहखोर, अडगुरी, रातामाटामा ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड जडान (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिंङगे सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालीका वार्ड नं. ६ मा पर्ने अत्याधिक सवारी दुर्घटना हुने स्थान फुदवाङ, बहखोर, अडगुरी, रातामाटामा जडान ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड जडान गरिएको छ । 
 गोरुसिङगे सन्धिखर्क सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक तथा यात्रुहरुमा सचेतना जगाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्धारा निर्माण गरिएको सवारी साधनको अधिकतम गति, सडकको भौगोलिक अवस्था, संभावित दुर्घटना स्थल ईत्यादीको जानकारीमुलक होर्डिङ बोर्डहरु राख्ने कार्यको शुभारम्भ गरिएको हो । 
होर्डिङ बोर्डहरु राख्ने कार्यको शुभारम्भ प्रमुख जिल्ला अधिकारी विजय राज पौडेल र प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले गर्नु भएको र उक्त कार्यक्रममा जनप्रतिनिधी, स्थानियवासी, विद्यार्थी, ट्राफिक प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान कार्यालयको प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । 
उक्त होर्डिङ बोर्डहरु गोरुसिंङगे सन्धिखर्क सडक खण्ड अन्तर्गत सन्धिखर्क नगरपालीका वडा नं. ६ मा पर्ने अत्याधिक सवारी दुर्घटना हुने स्थान फुदवाङ, बहखोर, अडगुरी, रातामाटामा जडान गरिएको छ । 

अन्य समाचारहरु