सन्धिखर्कमा नेकपा सम्वद्ध स्वास्थ्य जनसंख्या तथा बातावरण बिभागका बैठक सम्पन्न

हिम लेकाली 
सन्धिखर्क फाल्गुन २९। स्वास्थ्य जनसंख्या तथा वातावरण बिभागकाे प्रथम बैठक बिभागका संयाेजक राम बहादुर चाैहान काे अध्यक्षतामा सन्धिखर्ककाे मदन अाश्रीत स्मृति भवनमा सम्पन्न भएकाे छ । 
बैठकले काेराेना भाईरस बिरूद्ध सचेतना अभियान सन्चालन गर्ने निर्णय गरेकाे छ । साथै काेराेना भाईरस र स्वास्थ्य क्षेत्रका बिबिध समस्या र चुनाैतिहरू बारे प्रत्येक गाउँपालिका नगरपालिका संग स्वास्थ्य स्थिति बुझि प्रतिवेदन तयार गर्ने निर्णय गरेकाे छ । 
साथै नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले सन्चालन गरेकाे जन अभियान लाई सफल पार्नकाे लागि बिभागले दरिलाे सहयाेग पुर्याउने समेत निर्णय गरेकाे संयाेजक राम बहादुर चाैहानले बताउनु भएको छ ।

अन्य समाचारहरु