डिआरजी सुमन
दुर्गाफाट, अर्घाखाँची डटकम् / व्युरो । पाणिनी पर्यटन समाज समाज अर्घाखाँची को एम्वुलेन्स भोली पाणिनी आईसकेको छ भोली सुपादेउराली आउने भएको छ । अर्घाखाची जिल्ला को पाणिनी गाँउ पालिकामा स्थापित पाणिनी पर्यटन समाज ले २०७६ सालको देउसी भैलो वाट संकलित तथा वाह्य केही सहयोग रकमवाट पालिकामा अत्यावश्यक रहेको एम्बुलेंस ख़रीद गरेको छ । अप्रत्यक्ष रुपमा पाणिनी गाँउ पालिकाका केही जनप्रतिनिधीको असहयोग भएता पनि संस्थाको देउसी भैले निरन्तरता लगातार ६ दिन सम्म चलेको थियो ।
पाणिनी पर्यटन समाज अर्घाखाँची का अध्यक्ष झविन सुनामले भैलोको पुरा नेतृत्व गर्नु भएको कार्यक्रममा समाजका सदस्य पुस्कार घिमिरे यातायात व्यावस्थापन संयोजक हुनु हुन्थ्यो । आर्थिक समिती संयोजक गोपाल भट्टराई, कलाकार तिलक वेल्वासे तथा विन्तीराज पुन्थोकि साँस्कृतिक विभागीय प्रमुख रहेको देउसी भैलो कार्यक्रममा स्वतन्त्र पत्रकार डिआरजी सुमन टीम प्रवक्ता तथा कार्यक्रम संचालक हुनु हुन्थ्यो । पाणिनी पर्यटन समाज का सदस्य पदाधिकारी सहित दुर्गाफाट वाँसीको ठुलो उपस्थितीमा संचालित भैलो पालिका नै उत्कृष्ट थियो ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीले पुर्व घोषित तवरले नै पाणिनी गाँउ पालिकाको अत्यावश्यक सवारी साधन अन्ततः २०७६ फागुन २९ गते पाणिनी गाँउ पालिकामा भित्राउन सफल भएको छ । पाणिनी गाँउ पालिका स्थित सवै वडामा तत्काल सेवा प्रवाह गर्ने गरी यों एम्बुलेंस दुर्गाफाटमा रहने भएको छ । समाजका अध्यक्ष झविन सुनाम, उपादक्ष्य धुर्व घिमिरे, सचिव केशव वन्जाडे सदस्य पुस्कर घिमिरे,राम प्रसाद भट्टराई, खुमवहादुर सुर्यवंशी लगायतको को अथाह मेहनतका विच यो एम्वुलेन्स ल्याउन समाज सक्षम भएको छ ।