अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा प्रचार तथा प्रकाशन विभाग अर्घाखाँचीकाे आयाेजनामा पत्रकार सम्मेलन सम्पन्न भएकाे छ ।
विभागका प्रमुख तिलक मिश्रकाे अध्यक्षता सदस्य सचिव ऋषि भुसालकाे सञ्चालनमा सम्पन्न कार्यक्रम बाेल्दै मिश्रले पार्टीले ३ महिने अभियान सुरू गरेकाे बताउनुभयाे ।
तय गरेका सभाहरू काेराना भाईरसका कारण सबै स्थगित गरिईएकाे र अन्य कार्यक्रम भने नियमित रूपमा सञ्चालन भईरहेकाे प्रचार विभाग प्रमुख मिश्रले जानाकारी दिनुभयाे ।
पार्टीका स्थानीय कमिटीहरू गठन भई सपथ ग्रहण सम्पन्न भई पार्टीका नियमित कार्यहरू सुरू भएकाे मिश्रले बताउनुभयाे ।
सघ,प्रदेशबाट पार्टीको तर्फबाट प्रतिनिधित्व हुनुभएका जनप्रतिनिधिले विकास याेजना ल्याउन सफल भएकाे भन्दै प्रचार कम भएकाे जानकारी दिनुभयाे ।
केन्द्रीय,जिल्ला स्तरका नेताहरू सहभागी हुने गरि अभियानमा कार्यसुचि बनाईएकाे जनाईएकाे छ । स्थानिय तहकाे उपनिर्वाचनमा पार्टीको अन्तर घात र स्थानीय सरकारकाे कमजोरीका कारण पराजय भएकाे बताउनुभयाे ।