अर्घाखाँचीमा नेकपा जिल्ला सहकारी र उपभोक्ता हित तथा आपूर्ति बिभागको बैठक सम्पन्न

कमल बिस्ट 
सन्धिखर्क, अर्घाखाँची  चैत्र – १  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले यहि चैत्र १ गते देखि जेष्ठ ३ गते सम्म सन्चालन गर्न लागेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध सुदृढीकरण अभियान सुरु भैरहदा पार्टीका बिभागीय संगठनहरुको बैठक बाक्लिएको छ, दिनहु जसो विभिन्न बिभागका बैठक हरु सप्पन्न भैरहेका छन ।
यसै क्रममा आज पनि २ वटा बिभागका बैठक सम्पन्न भएका छन पहिलो बैठक ने. क. पा.”(नेकपा) अर्घाखाँचीको जिल्ला सहकारी तथा गरिबी निवारण विभागको प्रथम बैठक मदन आश्रीत भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।
बैठकमा सहकारी क्षेत्रका समस्या पहिचान गरि तथ्याङ्क संकलन गर्ने र सो को जानकारी पार्टीलाई गराउने निर्णय साथै सचिबमा लक्ष्मण कर्णेल लाई बिभागको सचिव पदमा चयन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) प्रदेश कमिटी सदस्य यमुना भुसालको प्रमुख आतिथ्यता बिभागका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षता, उपप्रमुख विष्णु ढुङ्गानाको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा अर्घाखाँची स्कुल बिभाग प्रमुख पिताम्बर भुसाल लागायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला उपभोक्ता हित तथा आपूर्ति विभाग अर्घाखाँचीको बैठक पनि आजै सम्पन्न भएको छ । 
बैठकले उपभोक्ता हित र आपूर्तिको क्षेत्रमा आवश्यक अध्ययन गरि पार्टीमा प्रतिबेदन पेश गर्ने, पार्टीको सर्कुलर अध्ययन गरि प्रत्येक पालिका तहहरुबाट पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध सुदृढीकरण अभियानमा सक्रिय भएर लाग्ने साथै बिभागको सचिबमा नारायण प्रसाद न्यौपाने लाई चयन गर्ने निर्णय गरेको छ ।
नेकपा अर्घाखाँचीका विभिन्न बिभागहरुले यहि चैत्र १५ गते भित्र पार्टी सदस्यता नवीकरण अभियानलाइ तिब्रता दिन गतिशील भएर लाग्ने समेत निर्णय भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य पिताम्बर भुसालको प्रमुख आतिथ्यता , बिभागका प्रमुख माधव पन्थीको अध्यक्षता र उपप्रमुख मिश्रा आचार्यको सन्चालनमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य यमुना भुसाल, नेकपा अर्घाखाँची स्कुल बिभाग प्रमुख पिताम्बर भुसाल , जिल्ला कमिटी सदस्य माधव खनाल लगायतको आतिथ्यता रहेको स्कुल बिभाग प्रमुख पिताम्बर भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु