माधव खनाल
ढाकावाङ, अर्घाखाँची चैत १ । राष्ट्रिय जनमोर्चाकि सकृय सदस्य अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङको आम्वोट चौतारा निवासि स्वर्गीय मित्रकला खनालको १३औं दिनको पुण्यतिथि पारी राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वडा न १ ले आज उहाँकै निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रम मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला सचीव बाबुराम पन्थीले स्वर्गीय खनालको निधनले गर्दा राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षति पुगेको बताउनुभएको छ साथै पन्थीले स्वर्गीय खनालले पार्टी प्रर्ती पुर्याएको योगदान प्रती उच्च सम्मान समेत प्रकट गर्नुभएको थियो।
यस्तै श्रद्धाञ्जली कार्यक्रम मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य खड्क बहादुर थापाले मित्रकला खनालको निधनले गर्दा आज सिङ्गो भुमिकास्थान नगरपालिकाले एउटा अभिभावक गुमाएको भन्दै खनालले देखाएको बाटोमा एकढिक्का भएर अगाडि बढ्न आम कार्यकर्तालाइ आग्रह समेत गर्नुभएको छ ।
श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चा काठमाडौ जिल्ला अध्यक्ष झविन्द्र बेल्वासेले स्वर्गीय मित्रकला खनालले पार्टी प्रति पुर्याएको योगदानको सम्मान गर्दै अगाडि बढेमा मात्रै उहाँले देखेको लक्ष्य पूरा हुने बताउदै शोकलाइ सक्तिमा बदल्न सकिएने कुरा बताउनु भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल स्वर्गीय मित्रकला खनालका छोरा गोपाल प्रसाद खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
साथै स्वर्गीय मित्रकला खनालको सम्झनामा घरपरिवार द्वारा आम्बोट आधारभुत बिधालयमा अक्षय कोष समेत स्थापना गरिएको छ उक्त अक्षय कोषको ब्याजबाट हरेक वर्षको बार्शिक पुण्य तिथिमा बिधालमा अध्यनरत गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रा वृद्धि समेत बितरण गर्ने जनाइएको छ
श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सल्लाहकार तथा भुमिकास्थान नगरपालिका वडा न २ का अध्यक्ष बुद्धि थापा भुमिकास्थान नगर समिती सदस्य तथा वडा न १ अध्यक्ष भोजराज खनाल नगर कार्यपालिका सदस्य शान्ता खनाल वडा न १ कि सदस्य चमकला नेपाली अखिल नेपाल शिक्षक संघ भुमिकास्थान नगर सचीव रामप्रसाद खनाल शिवशक्ती आधारभूत बिधालयका प्रधानध्यापक कृष्ण खनाल लगाएतको उपस्थिति रहेको थियो ।
स्वर्गीय मित्रकला खनालको यहि फागुन १९ गते ६९ वर्षको उमेरमा उपचारको क्रममा काठमाडौमा निधन भएको थियो खनालका तीन छोरा पाँच छोरी दुई बुहारी नातिनातिना र ज्वाइहरु हुनुहुन्छ ।
कार्यक्रम मित्रकला खनालका श्रीमान डासिराम खनलको अध्यक्षता र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।