अर्घाखाँचीडट्कम संवाददाता
ढाक्रेबास, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीको ढाक्रेबासमा प्रहरीको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार ढाक्रेबासमा प्र.ह.सोभाराम चौधरीको कमाण्डमा २ जनाको प्रहरी टोली, स्थानियबासी, बुद्धिजिवि तथा युवा, महिलाहरुको उपस्थितिमा सरसफाई कार्यक्रम गर्नु भएको थियो ।