ढिकुराको चरेपानीमा भिरबाट लडेर एक युवाको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर – ९ ढिकुराको चरेपानीको भिरबाट लडेर एक युवाको मृत्‍यु भएको छ ।
ढिकुराको चरेपानी पातले खोलाको भिरबाट लडेर धन बहादुर बलालका ३८ वर्षीय  सालिकबहादुर वलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले बताए । 
हिमपात परेको बेला गौचोरबाट चरेपानी फर्कने क्रममा साघुरो बाटोबाट लडेर खोलामा खसेका थिए । हिउँले पुरिएको अवस्थामा फेला शब देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ  । शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ । 
तस्बिर: खुम रायमाझी

अन्य समाचारहरु