अर्घाखाँचीडट्कम / रेडियो मालारानी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम / रेडियो मालारानी) । नेकपा अर्घाखाँचीले शनिबार राती परेको अविरल बर्षा र असिनाको कारण हुन गएको मानबिय तथा कृषि उत्पादन तथा आबासमा समेत भएको क्षतिप्रती दु:ख ब्यक्त गरेको छ ।
नेकपाका अध्यक्ष चेतनारायण आचार्य र सचीव ठाकुर कुमार बिकले हस्ताक्षर गरियको प्रेस बिज्ञप्तिमा तत्काल राहत र क्षतिपूर्ति दिन स्थानीय ,प्रदेश र केन्द्र सरकारलाई पहल गर्ने बताएको छ ।