अर्घाखाँचीमा एसईई परिक्षाको तयारी पुरा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा यस वर्ष हुन गैइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँचीले बताएको छ ।
यही चैत्र ६ गतेदेखि संचलन हुन गैइरहेको एसईई परिक्षाको तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले अर्घाखाँचीडट्कमलाई बताउनु भयो ।
पराजुलीका अनुसार अर्घाखाँचीमा ३ हजार ६ सय ८ जना परीक्षार्थीहरु सहभागी हुने भएका छन् । जसमा नियमित तर्फ छात्रमा १६४१ र छात्रामा १९६७ रहेका छन् । हाजिरी नपुग्दा र विभिन्न कारणले १७ जना एसइई दिनबाट बञ्चित भएका छन् । साथै जिल्लाभर १७ वटा परीक्षा केन्द्रहरु तोकिएको छ भने ९७ जना एक्जाम्टेडका लागि सन्धिखर्कमा १ केन्द्र तोकिएको छ ।
परीक्षा सञ्चालनका लागि १७ केन्द्राध्यक्ष, १९ सहायक केन्द्राध्यक्ष, १७१ निरीक्षक, ३४ जना सहायक कर्मचारी, ६८ जना सहयोगीका साथै २५५ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ । 
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
Image result for शिक्षा विकास तथा समन्वय ईकाई अर्घाखाँची arghakhanchi.com

अन्य समाचारहरु