शितगंगा प्राकृतिक बिपत्तिमा: स्थानिय सरकारको तय, प्रसासनको पहल

बिष्णु कुमार आले 
सन्धिखर्क, अर्घाखाँची   चैत ३। अबिरल वर्षा सगै परेको बाक्लो असिनाले देसकै ठूलो नगरपालीका शितगंगा ३र४ मा पाक्नै लागेको हिउदे गहुँबाली, तोरी, सरसियु, तरकारीमा आलु , काउली, टमाटर, केराउ ,फलफुल जस्ता बालीहरू स्यार्न नपाउदै पुर्ण रूपमा नष्ट गरेको छ । पाक्न लागेको मुख्य गँहुबाली असिनाले थिचेर सिख्रै बनाएको छ । 
त्यसै गरि वडा नम्बर ५ र ७ र१२ र १३ मा आंसिक रूपमा हिउदे बाली नष्ट गरेको छ । निरन्तर करिव ३ घण्टा बाक्लो ३ फुट असिना परेपछि कुखुरा फर्मका टहरा भत्किएपछि धेरै कुखुरा मरेका छन् । कच्चि घरको गाह्रो, ट्रसका छाना भएका तहराहरू ,विभिन्न नर्सरीको टनेलाहरू भत्किन गई करोडौंको क्षति भएको छ । बाक्लो रूपमा परेको असिनापानीले पुर्णरूपमा मानवीय क्षति सगै बर्ष दिन खाने अन्नबाली नष्ट भएपछि यहाँका किसानहरू चिन्तित छन् । श्रीमानले साथ छोडेपछि तरकारी बेचेरै आफ्नो जिबिका चलाउदै आएकी शितगंगा ३ साहुँटोला निवासी बालकुमारी चर्तिमगरले आँखा बाट आँसु झार्दै भन्छिन् सगै मरौला ,सगै बाचौला भन्ने जिवनको सहारा श्रीमानले त अर्की श्रीमती बिहे गरि साथ छोडे छोडे तर प्राकृतिकले पनि उठ्न नसक्ने गरि क्षति गर्यो । तरकारी बेचेर आएको दुईचार पैसा जम्मा गरेर बर्षदिन खानेकुरा जुटाउदै आएकी थिए । तर यसपटक सबै खेती असिनाले नष्ट गरेपछी ५ जनाको परिवार कसरी पाल्ने उनले गुनासो गरिन् । उनी भन्छिन् कमाउने कोहि छैन यहि तरकारी बेचेर छोराछोरीको पढाइ खर्च,लत्ताकपडा , जुटाएको थिँए । सरकारले त क्षति पुर्तिदेला तर हामी जस्ता गरिव दुखी असायको बोल्दिने को हुन्छर क्षतिपूर्ति पाउने उनको गुनासो छ । त्यस्तै काउली , बन्दा ,टमाटर , साग बेचेरै जिबिका चलाउदै आएकी शितगंगा ३ पाणेगैरा निवासी पोमा पौडेलको पीडा पनि उस्तै छ । बारीमा तयारी भएको तरकारी बाली असिनाले चुटेर नष्ट पारेपछि हजारौं बराबरको क्षति भएको किसान पोमा पौडेलले बताईन् ।
बारिमा पाक्नै थालेको मुख्य गँहुबाली भित्राउन नपाउदै असिनाले सखाप पारेपछी ठूलो परिमाणमा किसानको अन्नबाली र तरकारीबाली नष्ट गरेको छ । उनी जस्तै हजारौं किसान चिन्तामा छन्। तरकारी सगै टनेला भित्र विभिन्न प्रजातीका फुलहरूको नर्सरी राखेर बिक्रीवितरण गरि दैनिक गुजारा गर्दै आएका शितगंगा ३ थर्पुका कमानसिङ दर्लामी पनि उत्तिकै चिन्तित छन्। नर्सरी र तरकारी पुर्णरूपमा नष्ट भएपछि २५ लाख बढि क्षति भएको उनि बताउँछन् । उनी भन्छन् नर्सरीमा साना साना फुलका बिरुवाहरू थिए सबै असिनाले सखाप पारिदियो । 
अब बिहान बेलुकाको छाक टार्न निकै समस्या हुने उनको गुनासो छ । यस्तै शितगंगा ३ को खसर्का, पाँडेगैरा, ओलिडाँडा,बाउन्ने,घोराखोरी थर्पुटोला, बजारटोला ,साहुटोला , मनिडाँडा, टुडिखेल, कैलासे ,तल्ला पदमे,उपल्ला पदमे, खिब्दी, पखेरे , पाँचपोख्रा, त्यस्तै वडा नम्बर ४ को सानदह,रातामाटा, थानकोट,ओखलढुङगा पोखडाँडा,अमराई, गोर्थुम, कोप्चिबास , भेडामारे, जसरामे, चक्ला लगायतका टोलवस्तीहरूमा असिनाले पुर्णरूपमा क्षति गरेको छ । वडा नम्बर ५ को कालीमाटी, फुर्सामाटा, भुवनथाना, कल्लेरी, चुरेटोला , गल्दा, भाविन,पोख्री, यस्तै वडा नम्बर १२ को रजियाँ, खुम्चीकोट, पोख्री, कुडापानी मैदान, जोख्लेगैरा, दमार, टर्रे, जलुके , टिक्करी र वडा नम्बर १३ को रिकोट क्षेत्रमा असिनाले क्षति पुराएको छ । खास गरि शितगंगाको वडा नम्बर ३र४र५ र १२ का ३ हजार भन्दा बढि घरपरिवारमा करोडौंको क्षति पुराएको हो ।
स्थानिय सरकारको तय
प्राकृतिक प्रकोपबाट ठूलो क्षति व्यहोर्नुपरेपछि शितगंगा नगरपालीको बिपत व्यवस्थापन समिती , निरक्षिणमा आएको जिल्ला प्रशासनको टोली र पत्रकारहरूको रोहवरमा नगरपालीकामा बसेको आपतकालीन बैठकले यस घटनालाई राष्ट्रिय बिपत्तिको रूपमा लिएको छ । यस राष्ट्रिय प्राकृतिक बिपत्ति पछि हुन सक्ने विभिन्न समस्याहरू लाई हल गर्न सजकता अपनाउने निर्णय समेत गरेको छ । 
किसानको क्षेतिको बिवरण संकलन गरि उचित क्षेतिपुर्ती उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकार तथा विभिन्न सरोकारवाला संघर सस्थाहरूसँग सहयोगको लागी माग गर्ने निर्णय गरिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले बताए । देशकै ठूलो पछाडि परेको शितगंगा नगरपालीमा भएको प्राकृतिक बिपत्तिले सबै किसानको जोसजाँगर हराउदै गएको र चिन्तामा डुबेका किसानलाई माथी उठाउन तिनै तहका सरकारले सहयोग गर्नु पर्ने नगर प्रमुख अधिकारीको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले नगरपालीकाले गर्न सक्ने क्षतिपुर्तीको व्यवस्था मिलाउदै संघ र प्रदेश सरकार सँग सहयोगको माग गर्ने बताए ।
जिल्ला प्रसासनको पहल
प्राकृतिक बिपत्ति पछि प्रभावित गाउँ टोलमा जनताको गुनासो सुन्न पुग्नु भएका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले ईतिहासमै यस्तो असिनाको दृष्य आफुले नदेखेको बताए । किसानको घरमै पुगेर बिपत्ति बाट यहाँहरूको ठूलो क्षति भएको भन्दै प्रजिअ पौडेलले प्रभावित क्षेत्रका पिडित किसानहरूलाई उचित राहत उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने बताए ।
प्रजिअ पौडेल भन्छन् बढि प्रभावीत क्षेत्रको किसानको पिडादेख्दा म आफै निकै चिन्तित छु । असिनाले थिचिएको यहाँका किसानको जिवनस्थर माथी उठाउन तिनै तहका सरकारसँग समन्वय गरि क्षतिपूर्ति उपलब्ध गराउने उनले बताए ।
 प्राकृतिक बिपत्ति लगत्तै बसेको नगर प्रमुख सुर्य प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, जिल्ला प्रहरी प्रमुख प्रकाश विष्ट,जिल्ला अनुसन्धान प्रमुख बिनय चर्तुभेदी, जिल्ला शसस्त्र प्रहरी प्रमुख माधव रेग्मी, प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतम, वडा अध्यक्ष हेमनाथ भुसाल ,दामोदर अधिकारी, योजना प्रमुख नुमलाल खनाल, पत्रकार बिष्णु कुमार आले, नवीन केसी , वडा सदस्य चिन्तराज अधिकारीको उपस्थितिमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक बिपत्तिमा परेका प्रभावित क्षेत्रबाट क्षतिको बिवरण सम्बन्धित वडा कार्यालयहरूमा संकलन गर्ने निर्णय गरेको छ । त्यस्तै बिपतपछी चिसोका कारण महामारी बिरामी हुन सक्ने बिषयलाई ध्यानमा राख्दै आबश्यक औषधी आपुर्तीमा कमी आउन नदिन तयारी अवस्थामा रहन व्यवस्था मिलाउने निर्णय गरेको छ । सरदरमा प्रति घरपरिवार २ लाखका दरले क्षतिपूर्ति दिएपनि ३ हजार घर परिवारलाई वितरण गर्दा ६० करोड रकम आवश्यक पर्ने अनुमान गरिएको छ ।

अन्य समाचारहरु