अर्घाखाँचीमा यस वर्षको एसईईमा ३६ सय ८ परिक्षार्थीहरु सहभागी हुँदै, १७ जना परीक्षा दिनबाट बञ्चित (परीक्षा केन्द्रको विवरण सहित)

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची चैत्र ३   – यही चैत्र ६ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँचीबाट ३६ सय भन्दा बढि परीक्षार्थीहरु सहभागि हुने भएका छन् । नियमित,ग्रेड वृद्धी र प्राविधिक धारका गरि जिल्लामा ३६ सय ८ परिक्षार्थीहरु परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभएको छ ।
प्रमुख पराजुलीले दिएको जानकारी अनुसार नियमित तर्फ १९ सय ६७ छात्रा र १६ सय ४१ छात्र गरि ३६ सय ८ परिक्षार्थी रहेका छन् । त्यस्तै ग्रेड वृद्धी तर्फ ५४ छात्रा र ४३ छात्र गरि जम्मा ९७ परीक्षार्थी रहेका छन् । यस्तै प्राविधिक धार तर्फ नियमिति र ग्रेड वृद्धी गरि जम्मा ६५ जना परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् ।
परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्रमा १७ केन्द्राध्यक्ष ,१९ सहायक केन्द्राध्यक्ष, १७१ निरीक्षक, ३४ सहायक कर्मचारी, ६८ जना बिद्यालय सहयोगी कर्मचारी र २५५ जना सुरक्षाकर्मी खटीने छन् । परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख पराजुलीले बताउनुभयो ।
यसैबीच पराजुलीले यस बर्षको एसईई परिक्षालाई मर्यादित, ब्यबस्थीत र स्वच्छ रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सबै सरोकारवाला निकायहरुलाई आग्रह समेत गर्नुभएको छ ।
 

अन्य समाचारहरु