छत्रदेव गाउँपालिकाकै कारण पलायन हुँदै युवा उद्यमीहरु

मधुसूदन पाण्डे
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जका महेन्द्र रायमाझी अहिले गुल्मी जिल्लामा डेरी व्यवसाय गर्नुहुन्छ।करिब ५-६ बर्ष अघि विदेशमा पाएको दुख र नेपालीहरुको कहालिलाग्दो अवस्था देखेपछि उहाले गाउमै केही गर्छु भन्ने सोच बनाएर विदेशबाट घर फर्किनुभयो।
उहाले छत्रगञ्जमा करिब १२ लाखको लगानीमा राधाकृष्ण गाईफर्म खोल्नुभयो। ५-६ जना युवाहरुलाई रोजगार पनि प्रदान गर्नुभयो।उहाले भन्नुभयो गाउँपालिका/ नगरपालिका घोषणा नहुदै जिल्ला पशु सेवा कार्यलयबाट धेरै सहयोग पाएपनि गाउँपालिका बनेर स्थानीय सरकारका जनप्रतिनिधि आएपछि आफुले गोठ सुधारको सत्र हजार बाहेक अरु कुनै अनुदान नपाएको गुनासो गर्नुभयो।
तपाई अनुदान खोज्न नै जानुभएन कि गएर पाउनुभएन भन्ने प्रश्नमा उहाले आफुले पटकपटक अनुदान सम्बन्धि काम गर्ने कर्मचारी,वडाअध्यक्ष तथा गाउँपालिका अध्यक्षसग भेट गरेर अनुदानका बारेमा जानकारी गराए पनि उहाहरुले कुनै वास्ता नगरेको बताउनुभयो।फरक प्रसङ्ग कोट्याउदै उहाले चुनावको समयमा वडाअध्यक्षका उम्मेदवार बन्नुभएका तथा हाल निर्वाचित वडाअध्यक्ष बालकृष्ण श्रेष्ठले हातमा दुधको पोका हल्लाउँदै तपाईंको दुधलाई गाउँपालिकाभरि पुर्याउन तथा दुधजन्य सामाग्री बनाउन पुर्णरुपमा सहयोग गर्ने बताएको उहाले बताउनुभयो तर उहाँ निर्वाचित भएपछि पटकपटक वडा कार्यलय धाउदा तथा वडा अध्यक्षलाई भेट गर्दा कहिले अनुदान नै आएको छैन,कहिले कम छ कहिले अर्कोपटक भन्द‌ै टार्ने र अनुदान आएको बेलामा आफुलाई उपलब्ध नगराई गैह्र किसानलाई उपलब्ध गराएको बताउनुभयो।फरक प्रसङ्ग कोट्याउदै उहाले आफुले व्याक्तिगत लगानीमा पानी लिफ्टिङ्ग गरि पशुपालन गरेको र पानी लिफ्टका लागि आवश्यक बिद्धुत पुर्याउन फलामको पोल माग्दा पनि पालिकाले कुनै सुनुवाई नगरेको गुनासो गर्नुभयो त्यस्तै उहाले फर्म पुग्ने बाटोका लागि बजेट बिनियोजन गर्न पटकपटक ध्यानाकर्षण गराउदा पनि कुनै वास्ता नगरेपछि आफू त्यो फर्मलाई बेची छिमेकी जिल्लामा व्यवसाय गर्न बाध्य भएको बताउनुभयो
५ बर्ष विदेश बसेर गाउँमै केही गर्छु भनेर करिब १२ लाख लगानीमा गाई फर्म खोले ५/६ जनालाई रोजगारी दिने उद्देश्य राखें, तर गाउँपालिकाले कुनै सुविधा उपलब्ध गराएन। अन्त्यमा गाई फर्म नै बन्द गरि छिमेकी जिल्लामा डेरी सञ्चालन गरेको छु, उहाले बताउनुभयो। उहाले अहिले रेसुङ्गा नगरपालिका क्याम्पसरोडमा राधाकृष्ण दुग्ध डेरी तथा सङ्कलन केन्द्र खोली आफ्नो व्यवसाय गर्दै आउनुभएको छ। 

अन्य समाचारहरु