डिभर्ना र वाङ्लामा लाखौं रुपैया बराबरको धनमाल चोरी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को डिभर्नामा रहेको वार्ड कार्यालय लगायत ६ वटा पसलमा लाखौं रुपैया बराबरको धनमाल चोरी भएको छ ।
डिभर्नामा रहेको वार्ड कार्यालय र सोही ठाउँमा रहेका ५ वटा पसलबाट गहना सहित लाखौं रुपैया बराबरको धनमाल चोरी भएको हो । यस्तै सन्धिखर्क नगरपालिका – १ वाङ्लाको पटुवा थुममा पनि चोरी भएको छ ।
हिजो मंगलवार राती वाङ्लाको पटुवा थुम निवासी ठाकुर श्रेठ को घर बाट २२ हजार रुपैया, डिभर्नाको जिवुरथुम निवासी सरस्वता परियारको घरबाट डेड तोला सुनाका गरगहना सहित १० हजार नगद, लहरेबाध निवासी जीवलाल श्रेष्ठको पसलबाट १० हजार बराबरका रिचार्ज कार्ड र नगद १० हजार, जिवुरथुम निवासी मोती श्रेष्ठको घरबाट ६ हजार रुपैयाँ, लहरेबाध निवासी कृष्ण श्रेष्ठको पसलबाट नगद रुपैया ५ हजार, रिचार्ज कार्ड १० हजार ३ सय रुपैयाँ बराबरको चोरी भएको हो । 
यस्तै डिभर्नामा रहेको वार्ड कार्यालय समेत टोड्फोड गरी कार्यालयका समान चोरी भएको छ । घटनाको थाहा पाएपछि प्रहरीले मुचुल्का लिएको छ । बुधवार अबेरासम्म कसैलाई प्रकाउ गर्न नसकेको प्रहरीले बताएको छ ।        

अन्य समाचारहरु