शोभाखर पन्थी
धारापानी, अर्घाखाँची /चैत ५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका भुमिकास्थान नगरकमिटी वडा नं. ४ धारापानीको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य पिताम्बर भुसालले मुलुकमा आर्थिक क्रान्तिको सुरुवात भएको बताउनु भएको छ । नेपाली जनताको ठुलो त्याग र तपस्याका कारण राजनीतिक परिवर्तन भएको बताउँदै, उहाँले बिकास र समृद्धि मार्फत जनताको जिवनस्तर माथि उठाउने बताउनुभयो । सरकारले असंख्य लोकप्रिय र दुरगामी महत्वका काम हरु गर्दागर्दै पनि देशी तथा बिदेशी दलालहरुले विभिन्न किसिमका भ्रम फैलाएर जनतालाई दिग्भ्रमित पार्ने दुस्प्रयास गरेको आरोप लगाउँदै गलत भ्रम चिर्न र यथार्थ बस्तुस्थिती बारे जनतालाई जानकारी दिन कार्यकर्ता लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य तथा नगर कमिटीका सहईन्चार्ज ठाकुर सौरागले ऐतिहासिक पार्टी एकताले विश्वमै उथलपुथल ल्याई दिएको बताउनुभयो । उहाँले मुलुकका दुई विशाल कम्युनिस्ट पार्टी बीचको मिलनले विश्वका सर्वहारा वर्गमा हौसला र उत्साह बढ्नुका साथै साम्राज्यवादी दलालहरुमा खैलाबैला मच्चिएको बताउँदै पार्टी एकता लाई अझै कसिलो र मजबुत पार्न कार्यकर्ता, शुभेच्छुक र जनस्तरमा भावनात्मक सम्बन्ध र एकता कायम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा नगरकमिटीका सचिव मणि पौडेलले सुझारु कार्यकर्ता र बलियो संगठन निर्माण गरि नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई बिश्वकै बलियो कम्युनिस्ट पार्टी बनाउनु पर्ने बताउनुभयो । उहाँले बैचारिक सचेतना र भावनात्मक एकता अहिलेको पार्टीको अपरिहार्य आबस्यकता भएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटीका अध्यक्ष हरी के.सी.को अध्यक्षता र शोभाखर आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कमिटी सदस्य सुभाष चन्द्र बन्जाडे र जिल्ला सल्लाहकार कमिटीका सचिव गोपाल वन्जाडेले मन्तव्य राख्दै एकताबद्ध र जुझारु पार्टी निर्माणको निम्ति चनाखो भएर काममा खट्न कार्यकर्ता लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा निर्वाचन बिभागका प्रदेश सदस्य जगत के.सी.नगरकमिटीका सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख हृदय कुमार भुसाल लगायतका बक्ताहरुले समेत मन्तव्य राख्नुभएको थियो ।
बैठकले टोल स्तरमा संगठन निर्माण गर्ने , पार्टी सदस्यता तत्काल नबिकरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको नगर प्रचार तथा प्रकाशन बिभाग प्रमुख हृदय कुमार भुसालले बताउनु भयो ।