सन्धिखर्कको बसपार्क र चुत्राबेसीमा हाटबजार बन्द हुने

Image result for सन्धिखर्क हाटबजार arghakhanchi.com

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको बसपार्क र चुत्राबेसीमा लाग्ने कृषि तथा पशु हाटबजार कोरोना भाइरसको संक्रमण हुनसक्ने त्रासमा बन्द हुने भएका छन् । 
सन्धिखर्क नगरपालिकाले बिहीवार एक सुचना जारी गर्दै दुबै ठाउँमा सञ्चालनमा आएका हाटबजार अर्को सुचना जारी नहुन्झेल बन्द गरिएको बताएको हो ।  
सन्धिखर्क नगरपाकिलाले आज एक सुचना प्रकाशित गरी प्रत्येक शुक्रबार र मंगलबार लाग्ने हाटबजार बन्द भएको जनाएको छ । नगरपाकिलाका शाखा अधिकृत मञ्जु खनालले एक सुचना निकालेर सरकारले २५ जना भन्दा बढी एकै ठाउमा जम्मा नहुन गरेको आग्रहलाई मध्यनजर गर्दै हाटबजार बन्द गरिएको बताउनु भएको छ ।
उता जिल्लाभर २५ जनाभन्दा बढी जमघट नहुन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ । 

अन्य समाचारहरु