अर्घाखाँचीमा कांग्रेस गाउँमा आए लखट्ने, क्रियाशिल सदस्यता वितरण कार्यक्रम नगर्न अनुरोध

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसले आफ्नो १४ औ राष्ट्रिय महाअधिवेशनको लागि जिल्लाभर पार्टीको क्रियाशिल सदस्यता नवीकरण र बितरणकार्यको ढाचा कोरोना भाइरसका कारण परिवर्तन गरेको छ ।
कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बिपि स्मृति भबन सन्धिखर्कमा बसेको बैठकले  २५ जनाभन्दा बढी जमघट हुन नपाइने भएकोले चैत्र ७ र ८ गते एउटै समयमा सानो-सानो टिम बनाएर जिल्लाभर क्रियाशिल सदस्यता नवीकरण र बितरणकार्य गर्ने निर्णय गरेको हो ।  
उता जिल्लाभर कोरोना भाइरसको संक्रमण हुनसक्ने त्रास भईरहेको बेला कांग्रेसले आफ्ना सबैखाले कार्यक्रम बन्द गर्नुपर्नेमा झन गाउँ- गाउँमा पस्ने भन्दै विरोध भएको छ । 
भुमिकास्थान नगरपालिका वार्ड नं १० का मणीरम भुसालले कांग्रेस गाउँ गाउँमा आए लखट्ने बताए । त्रास भईरहेको बेला किन कार्यक्रम गर्नुपर्‍यो कांग्रेसलाई उनले भने । 
यस्तै सन्धिखर्क नगरपालिका – २ का हरि खड्काले कांग्रेसले किन गर्नुपर्‍यो यही बेला कार्यक्रम ? कांग्रेस गाउँ – गाउँ पस्ने भनेर झन त्रास भएको भन्दै गाउँ – टोलमा कसैलाई कुनै गतिविधी नगर्न अनुरोध गरे । 
शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडाका राजन घिमिरेले कांग्रेसलाई भाइरस लिएर गाउँ – गाउँमा नआउन अनुरोध गरे । आए लखट्छौ उनले भने । 
 
उता जिल्लाभर गाउँ – गाउँमा पछिल्लो समय कोरोना भाइरसको कारण त्रास बढेको छ । स्थानियबासीहरु मिनेट – मिनेटमा राष्ट्रिय, अन्तरराष्ट्रिय गतिविधीको बारेमा समाचार हेर्दै सुन्दै उप्डेट गरेका छन् ।  
यस्तै जिल्लाभर २५ जनाभन्दा बढी जमघट नहुन जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ । 

अन्य समाचारहरु