प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक बिपि स्मृति भबन सन्धिखर्कमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसको क्रियासिल सदस्य बितरण , नबिकरण र नयाँ क्रियासिल सदस्य बितरण गर्ने बिषयमा बैठक बसेको हो । बैठकमा पार्टि सभापति बिस्नु प्रसाद खनाल मुस्कानले केन्द्रीय निति तथा निर्देसन, पार्टिको भाबि रणनीति, क्रियासिल सदस्यता बितरण गर्ने नितिका बिषयमा जानकारी गराउनु भएको थियो ।
यही चैत ७ वा ८ गते ६१ वार्डमा वार्ड स्तरीय पार्टीको बृहत भेला राखि कार्यसमितिको निर्णय अनुसार क्रियासिल सदस्यता बितरण गर्न वार्ड सभापति हरुलाई निर्देसन दिनु भएको छ । जिल्ला पार्टी ले सबै वार्डमा जिल्ला बाट जिल्ला स्तरिय प्रतिनिधि खटाएको समेत पाटी सभापति मुस्कानले जानकारी दिनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको अध्यक्षता, सचिब छबिलाल पौडेलको सञ्चालनमा बैठक सम्पन्न भएको हो । कार्यक्रममा पुर्व जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, जिल्ला सचिव विष्णु भुसाल, कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, महा समिति सदस्य सुर्यप्रसाद अधिकारी, यादव प्रसाद घिमिरे, केसब श्रेष्ठ, क्षेत्रीय सभापति केसवराज कुँवर, अच्युत गौतम, महाधीबेसन प्रतिनिधि लेखनाथ पोख्रेल, लगायत माहाधिबेसन प्रतिनिधि , जिल्ला सदस्यहरु ,क्षेत्रीय सभापति, ६१ वार्डका पार्टी सभापति , वडा अध्यक्षहरु लगायत जनबर्गिय सगठनका प्रमुख तथा प्रतिनिधि, नेपाली कांग्रेसका पुर्व पार्टि पदाधिकारीहरुको सहभागीता रहेको प्रचार विभाग सचिव प्रेम आचार्यले बताउनु भएको छ ।