अर्घाखाँचीमा कोरोना विरुद्धको सचेतना अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रा. लि.

कमल बिष्ट / बिनोद गैरे
छत्रदेव, अर्घाखाँची । पश्चिम नेपाल बस ब्यवसायी प्रा. लि. अर्घाखाँची शाखाले नोबेल कोरोना भाइरस (KOVID-19) बिरुद्धको भिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
 पश्चिम नेपाल बस ब्यवसायी प्राली अर्घाखाँची शाखा अन्तरगत १२४ वटा बस मार्फत सार्वजनिक यातायातको सेवा दिइरहेको संस्थाले कोरोना भाइरस बाट आफ्ना यात्रु लाई सुरक्षित राख्न यात्रुको शारीरिक तापक्रम नाप्ने आधुनिक थर्ममिटरले चेकजाँच गरि यात्रा गराउन सुरु गरेको छ । त्यस्तै प्रा. लि. ले विभिन्न सवारीसाधनमा सचेतनामुलक पोस्टर पम्प्लेट टास्ने र जिल्लाका सबै पालिकाहरुमा समेत पोस्टर पम्प्लेट बितरण गर्ने अभियान चलाएको अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
 
यसै क्रममा अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा उपस्थित भइ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल लाई कार्यालयमा भेटी सचेतनामुलक पोस्टर हस्तान्तरण गर्दै सार्वजनिक यातायात सेवा सुरक्षीत बनाउन प्राली ले खेल्नुपर्ने भुमिकाको विषयमा सुखाव समेत लिनुभयो, सोही क्रममा गाउपालिका अध्यक्ष पोख्रेल बस ब्यवसायी प्रालिको यश कार्यको प्रसंशा गर्नुभयो ।
 
त्यसैगरी मालारानी गाउँपालिका मा उपस्थित भइ पालिकाकी उपाध्यक्ष प्रमिला क्षेत्री लाई लाई सचेतना सम्बन्धि सामाग्री हस्तान्तरण गर्नुभयो उपप्रमुख क्षेत्रीले हरेक नागरिक र संघसस्थाले सचेतना फैलाउदै यश विश्वभर फैलिएको बिपद बाट बच्ने उपाय अबलम्बन गर्नुपर्ने बताउदै बस ब्यवसायी समितिले सुचारु गरेको अभियानको प्रसंशा गर्नुभयो।
त्यस्तै यात्राको क्रममा स्वास्थ्यमा समस्या देखिइ शरीरको तापक्रम बढेको अवस्थामा सन्धिखर्क बसपार्क काउटरमा तापक्रम चेकजाच गर्नुपरेमा जो सुकैलाइ निशुल्क रुपमा आधुनिक थर्ममिटरले तापक्रम नाप्ने ब्यवस्था मिलाएको अर्घाखाँची शाखा सहायक टोपलाल भुसालले जानकारी दिनुभयो । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यश संस्थाले आफू मातहतका सवारी छुट्ने विभिन्न ठाउँमा यात्रु लाई चेकजाच गर्ने निर्णय गरेको थियो ।

अन्य समाचारहरु