अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्कम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको आटिकापाटा स्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न बन्द गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा बन्द गरेको हो ।
जिल्ला कारागार प्रशासनले अर्को सुचना नहुन्झेल कैदीबन्दी भेटघाट गर्न बन्द गरिने बताएको छ ।