अब अर्घाखाँची प्रवेशमा कडाई, पत्थरकाेटमा एम्बुलेन्ससहित हेल्थ डेस्क राखिने


अर्घाखाँचीको सिमावर्ती क्षेत्रमा हेल्थ डेस्क स्थापना हुँने भएको छ । विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिमलाई कम गर्न सिमावर्ती कपिलवस्तुको पथ्थरकोटमा हेल्थ डेस्क स्थापना गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा जनप्रतिनिधि र सरोकार वालाबीच शुक्रबार व्यापक अन्तरक्रिया तथा छलफल गरि चैत १० गते देखि हेल्थ डेस्क स्थापना गर्ने निणर्य भएको हो । नोवल कोरोनाको शंकास्पद बिरामी भेटिए तत्काल एम्बुलेन्समार्फत आईसोलेसन कक्षमा लैजाने ब्यवस्था समेत गरिने छ।

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  २०७६ चैत ७। अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला बिपत ब्यबस्थापन समिति अर्घाखाँचीको बैठक प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलकाे अध्यक्षतामा सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य टाेपबहादुर रायमाझीकाे प्रमुख आतिथ्यता, प्रदेश सभा सदस्य चेतनारायण आचार्यकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू लिएकाे छ ।
बैठकले चैत्र १ गते परेकाे असिना पानिले शितगंगानगरपालिका, भुमिकास्थान तथा सन्धिखर्क नगरपालिकामा भएको क्षतिकाे प्राप्त स्थलगत रिपोर्ट काे अध्ययन गरि केन्द्र तथा प्रदेश सरकारमा राहत मागकाे लागि पठाउने र ती क्षेत्रलाई असिनाग्रस्त क्षेत्र २०७६ घाेषणा गर्न पनि बैठकले सरकारलाई अनुराेध गरेकाे छ ।
बैठकले महामारिकाे रूपमा बिश्वभर फैलिएको काेराेना भाईरसकाे सावधानीकाे बिषयमा घनिभुत छलफल गरि महत्त्वपूर्ण निर्णयहरू लिएकाे छ ।
पत्थरकाेटमा हेल्थ डेस्क |  ४५ शैयाकाे आईशाेलेसन बेड निर्माण

भारतबाट नेपाल भित्रीने मानिसकाे स्वास्थ्य जाँचकाे लागि आवश्यक तयारी पूरा गरि पर्सि १० गते पत्थरकाेटकाे आसपासमा सुबिधायुक्त ठाउँकाे पहिचान गरि स्वास्थ्य जाँच कक्ष राखिने निर्णय समेत गरेकाे छ ।   
साथै काेराेनाका बिरामी भेटिएमा उनिहरूकाे उपचारकाे लागि ४५ शैयाकाे आईशाेलेसन बेड निर्माणका लागि प्रदेश सरकार समक्ष माग गर्ने बैठकले निर्णय लिएकाे छ । 
यस्तै स्थानीय सरकार लाई साबधानिकाे निम्ति आफ्नाे तयारीमा तत्काल लाग्न समेत अनुराेध गरियकाे छ । बर्तमान राेगकाे सन्त्रास बाट घर गाउँ फर्किने काे असुबिधा लाई हेरि गाेरूसिङ्गे सन्धिखर्ककाे माेटरबाटाे भाेलि चैत ८ बाट लगातार सुचारू रहने समेत बैठकले निर्णय गरेकाे छ ।
बैठक मा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,शीतगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी ,मालारानि गाउँ पालिका अध्यक्ष बालकृष्ण आचार्य ,पाणिनि गाउँ पालिका अध्यक्ष अच्युत गाैतम , छत्रदेव गाउँ पालिका अध्यक्ष लेखनाथ पाेख्रेल ,सुरक्षा निकायका प्रमुखहरू जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न कार्यालय का प्रमुखहरू विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार लगायतकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।
Image result for कपिलवस्तु सन्धिखर्क सडक arghakhanchi.com

अन्य समाचारहरु