डिभर्नाको सनराईज बोर्डिङ्ग स्कुलले आफ्नाे भवन क्वारेन्टाईनकाे लागि दिने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  २०७६ चैत ७।  अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नं १२ डिभर्नाको सनराईज ईङ्ग्लिश बोर्डिङ्ग  स्कुलले क्वारेन्टाईनकाे रुपमा आफ्नाे भवन दिने भएको छ । 
विद्यालयका प्रमुख नारायण पाैडेललेले आवश्यक परे आफ्नाे स्कुल भवन क्वारेन्टाईनकाे रुपमा प्रयाेग गर्न सकिने घाेषणा गरेकाे हुन् । 
उता कोरोना संक्रमणको जोखिमले अर्घाखाँची सहित मुलुकभरका विद्यालय बन्द छन् । 

अन्य समाचारहरु