सागर महत
फुदवाङ, अर्घाखाँची । प्रहरीले १६० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको अर्घा बिहार, फुदवाङ, बजार,र भुमेकास्थान नगरपालिकाको ढिकुरा, धनचौर, नुवाकोटमा बेचबिखन गर्ने उद्देश्यले राखिएको १६० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकाश खत्रीले जानकारी दिएका छन ।