सुपादेउराली मन्दिर बन्द

Image result for सुपादेउराली मन्दिर arghakhanchi.com

सुपादेउराली मन्दिरको दैनिक पुजापाठ आज आईतबार देखि बन्द गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सुपादेउराली मन्दिरको दैनिक पुजापाठ बन्द गरिएको मन्दिर संचालन समितीका अध्यक्ष प्रितम थापाले बताउनु भयो ।

अर्घाखाँचीडट्कम संवाददाता 
सुपादेउराली, अर्घाखाँची । कोरोना भाइरस (कोभिड-१९ ) को प्रकोपलाई ध्यानमा राख्दै अर्को सुचना जारी नहुदा सम्मका लागी अर्घाखाँची जिल्लाको प्रसिद्द धार्मिक स्थल सुपा स्थित सुपादेउराली मन्दिर बन्द भएको छ । 
दर्शन गर्न आउने दर्शनार्थीहरुका कारण कोरोनाको संक्रमण वढ्न सक्ने भन्दै केही समयको लागि मन्दिर बन्द गर्ने निर्णय भएको सुपादेउराली मन्दिर सरक्षण समिति पृतम बहादुर थापाले बताउनु भयो ।
उता जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिएको छ । चैत्र १० गतेबाट प्रमुख नाकाहरुमा स्वास्थ्य जाँच सहित कडाई गरिदैछ । 
केही समयको लागि बन्द गर्न निर्देशन दिइएको अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार आजबाट नै मन्दिर बन्द हुनेछ ।
पश्चिम नेपालकै चर्चित सुपा देउराली मन्दिरमा नेपालका विभिन्न स्थान सहित छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य मात्रामा दर्शएनार्थीहरु आउने गरेका छन् ।

अन्य समाचारहरु