अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको चिदिचौरमा मिनिट्रक दुर्घट्ना भएको छ ।
चिदिचौर खेलमैदान नजिक लु. १ख. ६१७५ नम्बरको सन्धिखर्क देखि असुरकोट जादै गरेको मिनिट्रक करिब १२:३० बजे दुर्घट्ना भएको हो । दुर्घट्नामा कुनै मानविय क्षति भएको छैन् ।
चालक र सहचालक सकुशल रहेका छन् । ट्रक अहिले पनि बाटोमा (सडक किनारामा) पल्टिएको छ । दुर्घट्नाको कारण खुल्न सकेको छैन् ।