पाणिनी गाउँपालिका बन्द, ढुङ्ग्रे खोलामा हेल्थ डेस्क स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 
दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिकाले कोरोना भाईरस संक्रमण जोखिम बढेको भन्दै सम्पूर्ण सेवा बन्द गरेको छ । 
पाणिनी गाउँपालिकाले आईताबार एक सुचना जारी गर्दै  अत्यावश्यक काम बाहेक गाउँपालिकाका सबै वार्डबाट दिदै आएको सम्पूर्ण सेवाहरु चैत्र २१ गतेसम्मका बन्द गरिएको बताएको छ । 
ढुङ्ग्रे खोलामा हेल्थ डेस्क स्थापना
यस्तै पाणिनी गाउँपालिका स्थित दुर्गाफाँटमा विपत व्यवस्थापन समिति तथा कार्यपालिकाकाे बैठक सम्पन्न भएको छ । 
गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमको अध्यक्षतामा सम्पन्न बैठकले विश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड-१९ को जोखिमलाई कम गर्न ढुङ्ग्रे खोलामा हेल्थ डेस्क स्थापना गर्न निर्णय गरेको हो । 
यस्तै बैठकले जोखिमलाई कम गर्न सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
 

अन्य समाचारहरु