नेत्र मरासिनी
डोेहोेटे, अर्घाखाँची चैत्र १० (अर्घाखाँचीडट्कम) । विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिमलाइ मध्यनजर गर्दै शितगंगा नगरपालीकाले हेल्थ डेक्स स्थापना गरेकोे छ ।
अर्घाखाँची प्रबेशको मुख्य सडक गोेरुसिङ्घे सन्धिखर्क खण्ड अन्र्तरगत शितगंगा १२ डोेहोेटेमा हेल्थ डेक्स स्थापना गरीएको होे ।
बाहिरी जिल्लाबाट दैैनिक सयौै सवारीसाधन मार्फत हजारौै यात्रु भित्रिने हुदा कोेरोेना भाइरस सङक्रमण कोे जोखिमलाइ ख्याल गरी हेल्थ डेक्स स्थापना गरीएकोे शितगंगा नगरपालीका प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।
डेक्समा, जिल्ला प्रबेश गर्ने तथा बाहिरीने साना तथा ठुला सवारी साधनका यात्रुलाइ साबुन पानीले हात धुन लगाई, चेतनामुलक सन्देश संगै तापक्रम जाचगरी पठाउने र संक्रमणकोे लक्षण देखिएमा तत्काल एम्बुलेन्स मार्फत स्वास्थ्य संस्था पुर्याउने व्यबस्था मिलाइएको छ ।
एक जना एम.वि.वि.एस डाक्टर सहित चार जना स्वास्थ्यकर्मि र पाँच जना सुरक्षाकर्र्र्मिकोे टोेलिले हेल्थ डेक्स बाट सेवा दिइरहेको छ । संक्रमित व्यक्ति पहिचान र कोेरोेना भाइरस सङक्रमण लाइ रोेक्न जिल्ला प्रबेश गर्ने नाकामै सर्तरकता अपनाउन लागीएको नगरप्रमुख अधिकारीले बताउनुभयोे ।
अर्घाखाँची जिल्लामा सवारी साधन सञ्चालन तथा पसल व्यवसाय खोल्न समेत कडाइ गरीएको छ । उद्योेग वाणिज्य संघ संगको समन्वयमा जिल्ला प्रशासन कार्यलय द्धारा दुध,तरकारी,औषधि बाहेकका सबैै पसल तथा व्यवसाय खोल्न साझ बिहान समय निर्धारण गरीएको छ ।