अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वार्ड नम्बर ८ हंसपुरको माझमेलामा एक किशोरको करेन्ट लागेर मुत्यु भएको छ ।
हंसपुरको माझमेलाका १७ वर्षिय मधु जिसीकाे घरमा सोमबार दिउसो अपरान्ह २ बजे घरमा बिजुली बनाउने क्रममा करेन्ट लागेर मुत्यु भएको हो ।
जिसीले हंसपुरको श्री सिद्रार्थ माविबाट एसइई दिने तयारी गरेका थिए ।