अर्घाखाँचीका ६ वटै स्थानीय तहमा १७२ जना स्वास्थकर्मीहरुलाई तयारी अवस्थामा, प्रत्येक दिन बेलुका ५:१५ बजे बिरामीको अवस्था जानकारी दिईने


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका ६ वटै स्थानीय तहमा स्वास्थकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ ।
कोभिड-१९ संक्रमणको जोखिलाई ध्यानमा राखेर जिल्ला जनस्वास्थ्य कार्यलय अर्घाखाँचीले कुल १७२ स्वास्थकर्मीहरुलाई तयारी अवस्थामा राखेको हो ।
जिल्ला अस्पतालमा रहेकाहरुलाई जिल्ला अस्पताल प्रमुख र स्थानिय तहमा रहेका स्वास्थकर्मीहरुलाई स्थानिय स्वास्थ संयोजकको मातहतमा राखिएको छ ।
जिल्लाका सबै क्षेत्रमा चेकजाँच गरेका बिरामीको अवस्थाको बारेमा प्रत्येक दिन बेलुका ५.१५ बजे जनस्वास्थ्य प्रमुख तथा प्रमुखले तोकेको सूचना अधिकारीलाई जानकारी गराउने समेत ब्यवस्था मिलाइएको छ।
जिल्लाको कुनै पनि क्षेत्रमा कोरोनाको शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालले तयार गरेको आइसोलेसन कक्षमा ल्याउने र थप उपचारको निम्ति बाहिर पठाउने ब्यवस्था मिलाइएको छ।

अन्य समाचारहरु