अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कको हटारीको श्री युबाबर्ष रविचित्र जनता माध्यमिक विद्यालयमा कोरोना भाईरसका शंकास्पद व्यक्ति उपचारका लागि आवश्यक आईसाेलेसन बेडकाे तयारी गरिएको छ ।
सन्धिखर्क नगरपालिका र जिल्ला अस्पताल र सुरक्षा निकायकाे समन्वयमा हटारीको श्री रविचित्र जनता माध्यमिक विद्यालयमा कोरोना भाईरसका शंकास्पद व्यक्ति उपचारका लागि आवश्यक दर्जन बढी आईसाेलेसन बेडकाे तयारी गरिएको छ ।
अर्घाखाँचीमा अहिलेसम्म शंकास्पद व्यक्ति उपचारका लागि आएका छैन् ।