अर्घाखाँचीमा लकडाउनको कार्यान्वयन फितलो, निजी सवारी–साधन र पैदल हिँड्नेहरु प्रशस्त

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लामा लकडाउनको कार्यान्वयन फितलो देखिएको छ । 
जिल्लाका विभिन्न पालिकाहरुमा निजी सवारी–साधन र पैदल हिँड्नेहरु प्रशस्त रहेका छन् भने विभिन्न कार्यक्रम र सचेतना अभियान पनि गरिएको छ । जिल्लाका पाणिनी गाउँपालिका, शितगंगा लगायत सिमाबाट सयौ मानिसहरु जिल्ला प्रवेश गरेका छन् ।  
जिल्लामा केही संघ- संस्था, व्यक्तिले नै लकडाउन अवज्ञा गर्दै सन्धिखर्क नगरपालिकाका विभिन्न ठाउँमा मास्क वितरण गरेको देखिन्थियो । प्रहरी जवानहरुलाई नै मास्क सामग्री वितरण गरिदै हिंडेको पाइन्थ्यो । 
यस्तै जिल्ला बाहिरबाट मोटरसाइकलमा मंगलबार दिउँसोसम्म नुवाकोट भित्रिएका छन् । ६ वटा पालिकाका भित्रि सडक र ग्रामीण भेगमा निजी सवारी–साधनहरु निर्वाध चलेका छन् । उता प्रहरीले सर्वसाधारणलाई घर भित्र बस्न अनुरोध गर्दै हिंडेको देखिन्थ्यो । 
सन्धिखर्क – ६ मा लकडाउन अवज्ञा गर्दै आज । 
सन्धिखर्क – ६ मा लकडाउन अवज्ञा गर्दै आज । 

अन्य समाचारहरु