असुरकोटको जंगलमा सुपा देउराली नेटवर्कको केवल तथा ईन्टरनेट तार अज्ञात समुहले मध्यरातमा काटे, ६ हजार ग्राहकहरू प्रभावित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकोटको जंगलमा सुपा देउराली केवल नेटवर्कको केवल तथा ईन्टरनेट तार अज्ञात समुहले सोमबार मध्यरातमा  काटेका छन् । 
असुरकोटको जंगलमा सुपा देउराली केवल नेटवर्कको केवल तथा ईन्टरनेट तार ३०० मिटरको दुरीमा ३ ठाउँबाट अज्ञात समुहले सोमबार राती काटेका हुन् ।
स्थानिय गोपाल के.सी ले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार केवल तथा ईन्टरनेट तार काटेपछि यहाँका करिव ६ हजार केवल  र ३०० ईन्टरनेट ग्राहकहरू प्रभावित भएका छन् ।
सुपा देउराली केवल नेटवर्क प्युठानको बरम्ला, चुजाठाटी लगायत केहि गाउँ अनि ढाकाबाङ धारापानी खिल्जी, असुरकोट, नुवाकोट, किमडाँडा, सन्धिखर्क लगायतका ठाउँमा पुगेको छ । 

अन्य समाचारहरु