अर्घाखाँचीमा कोरोना संक्रमणको आशंकामा आएका २ जना विरामीलाई बुटवलमा रिफर

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोनाको संक्रमणको आशंकामा २ जना विरामी आएका छन् ।
जिल्ला अस्पताल अर्घाखाँची का प्रमुख डा. कपिल गौतमले कोरोना भाईरस संक्रमणको आशंकामा आएका शितगंगा नगरपालिकाका वार्ड  नं – १ सितापुरका  ४२ बर्ष एक जना र  मालारानी गाउँपालिका वार्ड  नं ४ खनका १९ वर्षिय युवा  गरी दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति र लक्षण्हरु मिल्दो देखीएकोले बुटवलमा रिफर गरेको बताउनु भयो ।
सितापुरकालाई १०२. ५ डिग्री ज्वरो र ३ दिन अघि भारतबाट आएका खनका ९८ डिग्री ज्वरो रहेको डा. गौतमले बताउनु भयो ।  
उनिहरुसँग सम्फर्कमा रहेकाहरुलाई पनि चेकजाच गर्ने र सेलफ क्यारेन्टाईनमा बस्न भनिएको गौतमले बताउनु भयो ।
जिल्ला अस्पताल अर्घाखाँचीका अनुसार दुवै शंकास्पद बिरामी केही दिन अघि भारतबाट आएर गाउँमा बसेका थिए ।
अर्घाखाँचीमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षाका सामग्रीहरुको अभावभएको भन्ने गुनासो आईरहेको बेला दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति बुटवलमा रिफर गरेको बताएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सबै ६१ वटै वार्डहरुलाई पन्ध्र दिन यता विदेसबाट आएका ब्यक्तिहरुको यथार्थ विवरण १२ गते १२ बजे भित्रमा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य उपलब्ध गराउनुहुन अनुरोध छ ।
साथै अर्घाखाँचीले विवरणमा नाम थर वतन कुन देशबाट कहिले को आएको हो र उहाँहरुको अवस्था हाल कस्तो छ खुलाउन अनुरोध गरेको छ ।

अन्य समाचारहरु