अर्घाखाँचीका डाक्टर जाँच्नै डराउनु भयो भन्छन् कोरोना आशंकाका परिवार आफन्त
चैत्र १२ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । कोरोनाको संक्रमणको आशंकामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित जिल्ला अस्पताल अर्घाखाँचीमा आएका २ जना विरामीका परिवार र आफन्तले राम्रोसँग चेक नगरी बुटवल रिफर गरेको बताएका छन् ।
शितगंगा नगरपालिकाका वार्ड नं – १ सितापुरका एक जना र मालारानी गाउँपालिका वार्ड नं ४ खनका एक जनाका विरामीका परिवार र आफन्तले जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टरहरुले ज्वरो मात्र चेक गरी बुटवल रिफर गरेको बताएका हुन् ।
विरामीका परिवार, आफन्तले भने; नर्स … डाक्टर सापले टाढैबाट ज्वरो नाप्नु भयो, कहाँबाट आएको भनेर सोध्नु भयो इन्डियाबाट भन्यो, झन डाराए जस्तो …त्यसो भए तपाईंलाई यहाँ राख्न सकिदैन बुटवल, भैरहवा जानुस् भन्नु भयो । अस्पतालमा नर्स, डाक्टरले शंका साथै डराएको जस्तो गरेर व्यबहार गर्नु भयो, …. पछि भाईरस संक्रमणको आशंकामा २ जना अर्घाखाँचीबाट बुटवल रिफर भन्ने अर्घाखाँची डट्कममा न्युज आएको देखेर अचम्म लाग्यो …. ।
जिल्ला बाहिर पठाएपनि अर्घाखाँचीबाट भाईरस आशंकाका विरामी बुटवल रिफर भनेर समाचार आउँदा अब पनि उपचार हुने हो वा होइेन् । कम्तीमा पनि डाक्टरहरुले ज्वरो आयो भन्दैमा कोरोनाको संक्रमणका विरामी भनेर मिडियाबाजी गर्न नहुने हो; उनिहरुले भने । अहिलेसम्म रिपोर्ट चेक केही भएको छैन् झन चिन्ता, त्रास भयो; उनिहरु भन्छन् ।
उता जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले कोरोना भाईरस संक्रमणको आशंकामा आएका सितापुरका एक जना र खनका एक जना युवा गरी दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति र लक्षण्हरु मिल्दो देखीएकोले बुटवलमा रिफर गरेको बताउनु भयो ।
डा. कपिल गौतमसँगको कुराकानी ।
सितापुरकालाई १०२. ५ डिग्री ज्वरो र ३ दिन अघि भारतबाट आएका खनका ९८ डिग्री ज्वरो रहेको डा. गौतमले बताउनु भयो ।
उनिहरुसँग सम्फर्कमा रहेकाहरुलाई पनि चेकजाच गर्ने र सेल्फ क्यारेन्टाईनमा बस्न भनिएको गौतमले बताउनु भयो ।
जिल्ला अस्पताल अर्घाखाँचीका अनुसार दुवै शंकास्पद बिरामी केही दिन अघि भारतबाट आएर गाउँमा बसेका थिए ।
यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सबै ६१ वटै वार्डहरुलाई पन्ध्र दिन यता विदेसबाट आएका ब्यक्तिहरुको यथार्थ विवरण १२ गते १२ बजे भित्रमा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य उपलब्ध गराउन अनुरोध छ ।
साथै प्रशासनले विवरणमा नाम थर वतन कुन देशबाट कहिले को आएको हो र उहाँहरुको अवस्था हाल कस्तो छ खुलाउन अनुरोध गरेको छ ।