अर्घाखाँचीमा अब शंकास्पद व्यक्ति पहिचान गरेर मात्र थप उपचार गर्न पठाइने, जिल्लाभर सेना – प्रहरी परिचालन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा कोरोना भाइरस रोकथामको लागि सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।  
  प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेललकाे अध्यक्षतामा बसेकाे बैठकले स्थानिय जनप्रतिनिधि सयाेजक रहेकाे विभिन्न क्षेत्रका व्यत्ति सदस्य रहने गरि समिति बनाई शंकास्पद व्यक्ति पहिचान गरि थप उपचार गर्न पठाउने निर्णय गरेकाे छ ।
जिल्लाका छ स्थानिय तहमा तेस्राे मुलकबाट नेपालिहरू आएकाे जनप्रतिनिधिहरू बताएका छन् । सन्धिखर्क नगरपालिका बाहेक अन्य स्थानिय निकायले क्वारेन्टटाईम निर्माण गर्ने तयारीमा रहेकाे जनाईएकाे छ ।
नेपाली सेना, नेपाल प्रहरी, शस्सत्र प्रहरी गाउँ देखि शहरसम्म परिचालन गरिएकाे सुरक्षा निकायका प्रमुखहरूले बताएका छन् ।
बैठकमा माननीय चेतनारायण आचार्य,सनपा मेयर कमल प्रसाद भुसाल,सितगगा नगरपालिका मेयर सुर्यप्रसाद अधिकारी,भुमिकास्थान मेयर रेसम थापा,पाणिनि गाउपालिका प्रमुख अच्युत गाैतम,छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ प्राेखरेल,मालारानि गाउँपालिका प्रमुख बालकृष्ण अार्चाय,रामवाण गणका मेजर सुमन थापा,प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट,शस्शत्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी,अनुसन्धान प्रमख विनय चतुवेदी,पत्रकार लगाएतकाे उपस्थिति रहेकाे थियाे । 

अन्य समाचारहरु