पाणिनीकाे मैदानमा क्वारेन्टाइन बेड तयारी अवस्थामा (तस्बिर सहित)

मैदानमा रहेको श्री भानु माध्यमिक विद्यालयमा काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वारेन्टाइन बेडको तयारी पुरा गरिएको हो । 

डिआरजी सुमन 
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं ५ मैदानमा काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वारेन्टाइन बेडको तयारी पुरा गरिएको छ । 
पाणिनी  गाँउपालिकाले कोरोना संक्रमण वाट वच्ने विभिन्न उपाय अपनाउने क्रमलाई तिव्रता दिएको छ । यसै वमोजिम आज पाणिनी ५ भानु मावीको भवनमा क्वारेन्टाइन स्थापना गरेको छ ।  अहिले सम्म कोहीपनि यस्तो संकास्पद छैन तरपनि हामी तयारी अवस्थामा छौ पाणिनी गाँउपालिका स्वास्थ्य प्रमुख डा शेषकान्त घिमिरेले अर्घाखाँची डटकमसँगको कुराकानीमा भन्नु भएको छ । यता भानु मावीमा तयार गरिएको करेन्टाईनमा आवश्यक खाद्यान्न डाक्टर र अन्य सवै व्यावस्था पुरा भएको ५ नं वडाअध्यक्ष जीवलाल घिमिरेले वताउनु भएको छ ।
पाणिणी गाउँपालिकाका अनुसार स्वदेश तथा विदेशबाट ३ हजार ५ सय भन्दा मानिसहरु भित्रिएको बताएको छ । 

अन्य समाचारहरु