अर्जुन बेल्बासे
ठाडा, अर्घाखाँची चैत १२ । अर्घाखाँचीको शितगंगा नगरपालिका १३ निवासी राजन बिसीले शितगंगा नगरपालिकामा स्वास्थकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिइ) अभावमा कोरोना आसंका गरिएकाहरुको उपचारमा समेत प्रभावित भए पछि निशुल्क २० थान प्रदान गर्नु भएको छ ।
कोरोना भाइरस सजिलै सर्न सक्ने भएकोले चिकित्सकहरु उच्च जोखिममा रहने भएकोले चिकित्सकले पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पिपिइ) लगाएर बिरामीको चेकजाँच गर्नु पर्ने हुन्छ । धेरै ठाँउमा माग गरिदै आए पनि नपाएर समस्या थियो ठुलो राहत भयो शितगंगा नगरपालिकाका स्वास्थ शाखा अधिकृत कृष्ण पौडेलले बताउनु भयो ।
शितगंगा निवासी राजन बिसीले आफ्नो नगरपालिकामा कोरोना नफैलियो भन्ने उदेश्यले बिरामीको चेक गर्न चिकित्सकले प्रयोग गर्ने पिपिइ नहुँदा प्रभाभित भएकोले पनि उपलब्ध गराएको बताउनु भयो । बिश्वभर संकट परिरहेको कोरोना भाइरस रोक्थाममा लाग्ने चिकित्सक सुरक्षित भए मात्र रोकथाम हुन सक्ने भएकोले पनि सो सामाग्री उपलब्ध गराएको बिसीले बताउनु भयो ।
यस्तै पछिल्लो समय अभाव रहेका अन्य स्वास्थ सामाग्री पनि उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको बताउनु भयो ।