पाणिनी गाउँपालिकाले मैदान र पोखराथोकमा क्वारेन्टाइन बनायो (तस्बिर सहित)

हृदय भुसाल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  पाणिनी गाउँपालिकाले वार्ड नं २ पोखराथोकमा  रहेको  श्री हरिहर माध्यमिक विद्यालय पोखराथोक र वार्ड नं ५ मैदानमा रहेको भानु माबीमा   काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वारेन्टाइन बेड  कक्षकाे तयारी गरेको छ । 
यस्तै कहिँ कतै त्यस्तो खालको  लक्षणको बिरामी भए खबर गर्न पालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले सबै वार्डहरुमै बनाउने उदेश्यका साथ आफै निरन्तर काममा लागीरहेको गाउँपालिका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मी गौतमले जानकारी दिनु भयो । 
पालिकाले वार्ड ५ मैदान र वार्ड २ पोखराथोकमा निर्माण गरिसकेको अध्यक्ष गौतमले बताउनु भयो ।
गाउँपालिकाले दिल्ली,काठमाडौ, र तेस्रो देशबाट आएका मानिसहरुको डाटा सकलन गरेको प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पन्तले जानकारी दिए ।  

अन्य समाचारहरु