भारतबाट अर्घाखाँची आएका ७ जनालाई सन्धिखर्कको क्वारेन्टाइनमा राखियो (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । भारतको लुधियानावाट गत चैत्र ११ गते नेपाल आई कृष्णानगर स्थित महेन्द्र माविको क्वारेण्टाइनमा बसी डिस्चार्ज भएका अर्घाखाँचीका ७ जनालाई सन्धिखर्कको हटारीनेटाको श्री युवावर्ष जनता रविचित्र माविमा पुन क्वारेन्टाइनमा राखिएको छ । 
जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का वर्ष १६ का अनिल खत्री, भूमिकास्थान नगरपालिका १ वस्ने वर्ष २२ का मोहन नेपाली, वर्ष ३० का राजु नेपाली, २१ का अशोक घर्ति, वर्ष २८ का दिपक घर्ति, वर्ष १९ का शुरेस पुन मगर र बर्ष १३ का पुरन नेपाली गरि सात जनालाई ११ गते देखि कृष्णानगर स्थित महेन्द्र माविको क्वारेण्टाइनमा राखि १२ वजे दिनको ३ वजे डिस्चार्ज गरि पथ्थरकोटसम्म कपिलबस्तु ल्याइएका सबैलाई बिहीबार राति ३ वजे एम्बुलेन्सबाट अर्घाखाँची ल्याई सन्धिखर्कको हटारीनेटाको श्री युवावर्ष जनता रविचित्र माविमा पुन क्वारेण्टाइनमा राखिएको हो ।
 समस्या : लङ्का यातायातको गाडि पिपिइ सेट सहित पठाइएको भएता पनि ड्राइभरले पुगेर ल्याउन मानेका थिएनन् ।  त्यसै गरि डोहोटे‍ स्थित हेल्थ डेस्कमा रहेको एम्वुलेन्स  पठाउँदा पनि मानेका थिएनन् । ति  सबै ३ दिन देखि खाना नखाएको वताएका र भोक लाग्यो भनेकाले आज विहान मओक ठाकुर कुमार विक माधव रेग्मी लक्ष्मण पराजुलि सहितको टोलीले एभरेष्ट होटलबाट पकाउने सामन लक्ष्मण पराजुलीबाट ग्यास रेडक्रसवाट बाल्टि पिताम्वर सेजवालबाट चामल र तरकारी लगायतका सामाग्री सङ्कलन गरी खाना ख्वाइ फर्किएका थिए ।  अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी एबम सूचना अधिकारी बिष्णु बेल्बासेले जानकारी दिनु भयो । उनीहरु रोजगारीका लागि भारत गएका थिए। मंगलबार भारतको लुधियानाबाट आएका हुन्। गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एकजना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनले बताए।

अन्य समाचारहरु