सन्धिखर्कमा थप ७ जनालाई क्वारेन्टाइनमा राखियो, अब क्वारेन्टाइनमा बस्नेको संख्या १४ पुग्यो (तस्बिर सहित)

अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा आज थप ७ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. १ को युबा बर्ष रबि चित्र माबीमा तयार गरिएको क्यारेन्टाइन गृहमा बिहीबार ७ जना थपिएका हुन् ।
यससंगै उक्त क्वारेन्टाईन गृहमा बस्ने युवाको संख्या १४ पुगेको छ । क्यारेन्टाइन गृहमा जिल्लाको भुमिकास्थान नगरपालिकका ५ जना मालारानी गाउँपालिकाका १ जना र सन्धीखर्क नगरपालिकाका ७ जना राखिएका छन् ।
क्यारेन्टाईमा बस्ने सबै केही दिनअघि भारतबाट फर्किएका रहेका छन् । आज थप भएका बाहेकमा शुरुका दिनमा जरो ,रुघा लाग्ने लक्षण देखिएको भए पनि बिहीबार उनीहरुमा जरो नदेखिएको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।
यस्तै कोरोनाको संक्रमणको आशंकाका बिरामी चेकजाँचको लागि जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतम , डा. जगदिश शर्मा , डा.सन्तोष न्यौपाने सहित अस्पतालको टोली तयारी अवस्थामा रहेको छ । 


अन्य समाचारहरु