अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वारेन्टाइन बेड कक्षकाे तयारी गरेको छ ।
मालारानी गाउँपालिकाले वार्ड नं २ मा २ वटा विद्यालय भवनमा १० /१० बेड गरि २० बेड र वार्ड नं ३ मा ३ बेड, वार्ड नं ४ मा १० बेड र ५ वार्ड नं मा १८ आवश्यक क्वारेन्टाइन बेड कक्षकाे तयारी गरेको हो ।
यस्तै अध्यक्ष बालकृष्ण आचार्यले अन्य ठाउँहरुमा पनि आवश्यक क्वारेन्टाइन बेड कक्षकाे तयारी गर्दै लैजाने बताउनु भयो ।