अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्वारा कोरोनाको संक्रमणले मुलुकको स्थिती भयाबह हुन नदिन सबै सचेत हुन अपिल

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क,  अर्घाखाँची चैत्र–१४ ।   राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले कोरोना भाइरसको संक्रमणले मुलुकको स्थिती भयाबह हुन नदिन सबै सचेत हुनुपर्नेमा जोड दिएको छ । 
विश्वलाई नै आतंकित बनाएको यो भाइरसको संक्रमण र सन्त्रासलाई कम गर्न सबैले ब्यक्तिगत साबधानी अपनाउनु नै उपयुक्त उपाय भएको भन्दै राष्ट्रिय जनमोर्चाले सेल्फ क्वारेन्टाइनमा बस्न आम जनसमुदायलाई आग्रह गरेको छ । पार्टी अध्यक्ष थम्मन के.सी.ले हिजो एक प्रस विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । नेपालको समग्र अवस्थाको अधारमा कोरोना संक्रमण हुन नदिनु नै अतिउक्ति हुने भन्दै अध्यक्ष के.सी.ले भन्नुभएको छ,“घरमै बस्ने,सरसफाई तथा खानपानमा ध्यान दिने,कोही कसैलाई रुघाखोकी लाग्ने,टाउको दुख्ने,ज्वरो आउने जस्ता समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजान सहयोग गर्नपर्दछ । ” उहाँले अगाडी थप्नुभएको छ,“मुलुक र जनताको निम्ती खाँचो परेमा हामीले पार्टीको सिंगो शक्ति परिचालन गर्नेछौं ।
”अध्यक्ष के.सी.ले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि,उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन सरकारसँग आग्रह समेत गर्नुभएको छ । नेपाली जनताले इतिहाँसमा ठुला लाडाई जितेको स्मरण गराउँदै अध्यक्ष के.सी.ले कोरोना संग पनि नेपालीले जितेरै छाड्ने दृढता ब्यक्त गर्नुभएको छ । कोरोनाको संक्रमण फैलन नदिन भारत तथा विदेशबाट अर्घाखाँची आएका नेपालीहरुले बिशेष शतर्कता अपनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । 
यस्तै स्थानिय सरकारको तयारी थेतुलो भएकोले थप क्रियाशिलता देखाउन माग गर्दै अध्यक्ष के.सी.ले दैनिक उपभोग्य बस्तु,औषधी लगायतका समाग्री सहज रुपमा पाउने बातावरण मिलाउन र कालोबजारी हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोना भाइरसको सामना गर्न राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सबैमा अपिल गरेको हो ।

अन्य समाचारहरु