अर्घाखाँची प्रजिअ बिजयराज पौडेल गाउँ गाउँमा, अब अत्यावश्यक प्रयोजनको लागी अनलाइन पास (फोटो, भिडियो सहित)

(प्रकासित मिती: २०७६ चैत्र १४, शुक्रवार)

डिआरजी सुमन /  हृदय भुसाल
मैदान, अर्घाखाँची ।  बिरामी बच्चालाई अस्पताल लैजानको लागी आज गाउँमै पुगेर प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल पास दिनु भएको छ ।
प्रजिअ पौडेलले ४५ दिनको पाणिनि २ पोखराथोकको सिद्धान्त सुनारलाई पास दिदै उपचारमा पठाउनु भएको छ । पौडेल उहाँले क्वरेन्टाइन कक्ष, शान्ति सुरक्षा तथा लकडाउनको समग्र अवस्थाको अनुगमन गर्नु भएको छ ।
अनलाइन पास
यस्तै आज दिउसो अर्घाखाँची डटकमसँग वोल्दै पौडेलले भन्नु भयो अत्यावश्यक प्रयोजनको लागी हामीले अनलाइन पासको पनि व्यावस्था गरेका छौ ।
कोरोना भाईरस बिश्वमै  महामारीको रुपमा फैलिएपोछी नेपालमा पनि नेपाल सरकारले लकडाउन  गरे सङै अर्घाखाँचीमा लकडाउनलाई प्रभाकारी गराउन र जनताको स्वास्थको सुरक्षा गर्न प्रमुख  जिल्ला अधिकारी सहित सम्पुर्ण सुरक्षा अंगको टिम गाउँ गाउँ पुगेको छ ।

अन्य समाचारहरु