अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मलारानी गाउँपालिकामा तीन दिनको अवधीमा भारत लगायत विदेशबाट २६५ आएका छन् ।
कोरोना भाइरसको रोकथामका लागी मलारानी गाउँपालिकाले राखेको विवरण अनुसार भारतबाट २५४, कतारबाट २ , दुबईबाट ५ र अन्य मुलुकबाट ३ २६५ आएका हुन् ।
उनिहरु सबैलाई सेल्फ क्वारेन्टाइनमा घरमा बस्न अनुरोध गरेको मलारानी गाउँपालिकाले अर्घाखाँचीडट्कमलाई जानकारी गरायो ।
यस्तै मलारानी गाउँपालिकाले वार्ड – वार्डमा क्वारेन्टाइन बेड स्थापना तयारी गरिरहेको छ ।