अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीबाट पुन: दुई जनालाई कोभिड-१९ संक्रमणको आशंकामा स्वाब टेष्टको लागि आज प्रादेशिक अस्पताल रिफर गरिएको छ ।
शनिबार जिल्लाको पाणिणी गाउँपालिकाकी १ जना र मालारानी गाउँपालिकाका १ जनालाई प्रादेशिक अस्पताल बुटवल पठाइएको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।
दुवै जनामा कोरोनाको लक्षण देखिएपछि स्वाब टेष्टको लागि पठाईएको हो ।
यसैगरी गत मंगलबार कोभिड-१९ को लक्षण देखिएपछि प्रादेशिक अस्पताल रिफर गरिएका दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ।
भारतबाट फर्किएका जिल्लाकै सितगङा नगरपालिका र मालारानी गाउँपालिकाका दुई जनाको स्वाब टेष्ट रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।