अर्घाखाँचीमा कपडाका मास्क वितरण गर्न रोक

सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल , अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, जिल्लाका तिनवटै सुरक्षानिकायका प्रमुख र सरोकारवाला सामाजिक अगुवा सहित जिल्ला प्रशासनमा बसेको बैठकले कपडाको मास्क काेरोना नियन्त्रणका लागि उपयुक्त नभएकाे र वितरणका नाममा भिड गरिएको भन्दै बितरणमा रोक लगाएको हो । 

अर्घाखाँचीडट्कम संवाददाता 
 सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा कपडाका मास्क वितरण गर्न रोक लगाइएको छ । 
कोरोनाको माहामारीलाई रोक्न फानुन ११ गते देखी पुर्णरुपमा लकडाउन गरिएको अवस्थाको वारेमा समिक्षा गर्न जिल्ला प्रशाशन कार्यालय अर्घाखाँचीमा वसेको बैठकले लगडाउनको समिक्षा सहित महत्वपुर्ण योजना र निर्णय सहित बैठक सम्पन्न भएको छ ।प्रमुख जिल्ला अधिकारीको बिजयराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला अस्पतालका प्रमुख कपिल गौतम,सुरक्षा अंगका प्रमुखहरु प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट,शसस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी, रामबण गुल्मका प्रमुख सुमन थापा, अनुसन्धान कार्यालय प्रमुख बिनय चर्तुबेद पत्रकार लगाएतको उपस्थिीमा बैठक सम्पन्न भएको थियो ।
समिक्षा बैठकमा लकडाउनको सम्रग अबस्थाको समिक्षा, क्वारेन्टी निमार्णको अवस्था, कपडाको माक्स बितरण, आम नागरिकहरुले निमयपालना तथा अनुशासन सन्तोसजनक रहेको भएपनि कहि कतै काम बिना पनि बाहिर निस्केको भेटिएको पाईएपोछी अनुगमनको बिभिन्न टोली र प्रहरीहरुले सम्झाउने तथा सामान्य कार्वाही गरेपोछी सुधार भएको स्रोतले बताएको छ ।
बैठकले स्वाथ्य सम्वन्धी उपकरणहरुका माग गर्ने, परिचालको लागी आबश्यक पर्ने रकम,खाधन्न सामाग्रीको ढुवानी तथा लकडाउनलाई अझै कडाई गर्ने,लकडाउनको समयसिमा थपिने अवस्थामा बिशेष योजना बनाउने,सुरक्षाकर्मि र स्वाथ्यकर्मिलाई उच्च मनोबलका साथ काम गर्न सहयोग गर्ने लगाएतका योजना र समिक्षा सहित बैठक सम्पन्न भएको प्रजिअ बिजयराज पौडेले जानाकारी दिनुभयो ।
जिल्लामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले घोषणा गरेको एक साता लामो लकडाउनको केही जनप्रतिनिधीले अवज्ञा गरेका छन् भनेर अर्घाखाँचीडट्कममा समाचार आएपछि जिल्ला प्रशासनले रोक लगाइएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का नारायण खड्का र  वार्ड नम्बर ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको लक डाउनको अवज्ञा गरेका भनी समाचार प्रकासित भएको थियो ।
लकडाउनको समय १.५ मिटर वा २ मिटर अर्को व्यक्तिसँग टाढा रहनु पर्ने, कारमा २ जना व्यक्ति बस्न नपाईने हुन्छ, तर लकडाउनका बेला प्रतिनिधि, नेता, पत्रकार हुम् भन्ने सस्तो लोकप्रियताको लागि फेसबूकमा फोटो पोस्ट गर्न कपडामा माक्स वितरण गर्दै हिंडेका छन् । लकडाउनको सामान्य नियम अनुसार सरकार प्रमुख होस् वा कुनै पनि तहको प्रतिनिधि होस् त्यो कानुनको दायारामा आउनुपर्छ । इटली, भारत लगायतका कयौ देशमा मन्त्री, सांसद, मेयरहरु आफ्नो ड्रईभरसगै गाडीमा सवार गर्दा प्रहरीले कारबाही तथा मुद्दा चलाएको देखिन्छ । एक कारमा २ जना बस्न पाईदैन ।  
अर्घाखाँचीमा सामान्यतया गाउँ घरमा माक्स लगाउन पर्ने देखिदैन, अर्को तर्फ कपडाका माक्सले झन जीवाणु मुखमा जाने र संक्रमणको उच्च जोखिम हुने हुन्छ । सर्जिकल मास्कले वायुमा रहेका भाइरस ब्याक्टेरिया फ्लू वा रुघाखोकी लागेका मानिसले हाच्छिँउ गर्दा वा खोक्दा निस्कने जीवाणु मुखभित्र जानबाट बचाँउछ। तर कपडाको मास्कले कुनै पनि संक्रमणबाट नबचाउने टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अर्घाखाँचीडट्कमलाई बताएका छन् । ‘कपडामा बसेका जीवाणु सजिलै हातको माध्यमबाट मुखमा जाने र संक्रमण हुने उच्च जोखिम हुन्छ,’ उनले भने।
छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सस्तो लोकप्रियताको लागि राज्यकोषको ठुलो रकम रकम खर्चेर मापदण्ड विपरित ३० हजार कपडाका मास्क उत्पादन गरी वितरण गरेका छन् ।   
डिभर्नामा शान्त:-

अन्य समाचारहरु