अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिका क्षेत्रमा २ महिना खाद्यअभाव नहुने उद्योग बाणिज्य संघले जनाएको छ । शुक्रबार शितगंगा नगरपालिकाका मुख्य बजार हरुको अनुगमन गर्दै पसलमा रहको खाद्य बस्तुहरुको टिपोट संकलन गरिएको हो ।
शितगंगा उद्योग बाणिज्य संघ ,नगरपालिका प्रतिनिधी ,सुरक्षा निकाय लगायतको उपस्थितमा बजार अनुगमन गरिएको हो । पसलहरुमा रहेको स्टकको आधारमा अझ २ महिना शितगंगा क्षेत्रमा अभाव नहुने शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिन भयो ।
कोरोना भाइरस भैलिन सक्ने सम्भावना लाइ मध्य नजर गर्दै हुन सक्ने अभाव लाइ मध्यनजर गर्दै शुक्रबारअनुगमन गरिएको हो । सरकारले खाद्य बस्तु आयातमा समेत रोक नलगाएकोले आवगमनमा सहज भए अभाव हुने सामाग्री ल्याउन ब्यापारी तयार रहको शितगंगा उद्योग बाणिज्य संघका सचिव लक्षमण पन्थीले बताउनु भयो । शितगंगा क्षेत्रमा अनुगमन गर्दा सबै भन्दा कमि ग्यास रहेको पाइएको छ भने आयात नभए खाने तेलको समेत १ महिना पछि अभाव हुन सक्ने छ ।